'खा बाबु खा भोकै नसूत ! राति आँत हरहर हुन्छ, खराे हुनसक्छ, नातागत हुन्छ ।' कामले लखतरान भएर त्यसै बङ्लङ्ग बिछ्याैनामा पल्टिँदा एक्कासी कतैबाट आएकाे गुनगुनाहट सुनेर विवेक झस्कियो ।
यताउता हेर्यो तर आँखाले सामुन्ने रङ्गीविरङ्गी फिलुङ्गा र तिर्मिराहट मात्र देखे । सायद मनाेवादको बादल रगडिएर झिल्का निस्कियो कि ! वर्षाैंदेखि मडारिएको त्यही कालाे बादल ढिको बनेर आँखा हुँदै बर्लक्क लडेको हुनुपर्छ, कर्कलोकाे पातबाट वर्षातकाे पानी डोलिएर खसेझैं । तथापि आँसुको ढिकाे भने बाहिर खस्न दिएन विवेकले । हत्तपत्त जिब्राे निकालेर घुमाइघुमाइ चाट्यो अनि तिख्खर मान्दै थुकसँग मिसेर घुटुक्क निल्यो ।
पोखियोस् पनि कसरी ? याे सामान्य थिएन मायाकाे बाँध फूटेर आँखामा डोलिएको भेल थियो । त्यसैले त पग्लिएको भावना भुइँसम्म पनि खस्न दिएन उसले । एकछिन आँखा चिम्म गरेर माैन रह्यो । ओहो ! मातातीर्थ अाैसी पो रहेछ । झ्यालबाट चुक घोप्टयाए झैं रातमा चम्किरहेको ध्रुवतारा चियाएर उ अझ नमिठो भक्कानियो ! अझ तितो भक्कानियो ! उसका आँखाबाट बलिन्द्र धारा आँसु धेरै बेर रोकिएनन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्