आजकाल किन जनै (यज्ञोपवित) लाउनै मन गर्दैन मान्छे?

जनै पूर्णिमा; आइगो त ! तैपनि धेरै तागाधारीाहरू अझै जनैतिर नसोचेर भोलि मेला भर्ने र आइँको तात्तातो मःम र ससेज खाने योजना बुन्दैछन् रेचन बजारमा । कतिपय मान्छे आज बेलुकातिर जनै किन्नुपर्ला भन्ने मुडमा छन् । कोही भोलि घरमा रहेको पूरानो जनै खोज्ने मुडमा छन् । कोही भोलि बिहान मात्रै तातेर पहिले राख्न देको जनै नभेटेपछि परिवारसँग भाउन्निन्छन् – अस्ति राख्न देको जनै खै ? राम्राेसँग राखिदिनु पर्दैन? कमसेकम आज त लाउनु पराे नि ! कोही अहिले यस्तो अवस्थामा नि छन्; 
पसलमा सोध्न्दैछन् किन्नलाइ, साहुजी जनै छ? 

  • कोही फोन गर्दैछन्: भोलिलाइ त जनै भिर्नुपरो नि बाजे के गर्ने? 
  • कोही आमालाइ या घरपरिवारलाइ भन्दैछन्, जनै ल्याइदिनु है किनेर । 
  • कोही भन्दैछन्, बाजे एउटा मन्तरेको जनै दिनु त भोलिलाइ ! 
  • कोही भोलि नै पशुपतिलगायत विभिन्न मन्दिरमा बसेका बाजेहरूसँग लगाउने सुरमा मनमनै गम्दै होलान् । 

तागाधारी धेरैले अहिले जनै भिर्न छोडेर मासुमङ्स र बिजुली पानीमा इन्ट्रेस्ट देखाउने गरेकोे भिमकाय अवस्था नि आयो लैलै ! यसरी जनताले जनै नै लाउन छोडेपछि सर्खार बाध्य भो जनै फेर्ने बिदा काट्न र भनो – तपैंहरू जनैसनै नलाउने, आफ्नो रितिथिति छोड्ने तर विदा चैं खोज्ने? किन बिदा दिनुपरो? यस्तो अवस्था आइसक्दा नि तागाधारीले जनै लाउन त्यति मन गर्न किन छोडे भन्नेबारे समाजमा कसैले अध्ययन गरेन । हे दैव ! 
हेर्नुस् वास्तवमा जनै लाउन युवाहरूले त्यति मन नगर्नु र अरूबेला जनै काँटीमा जनैपूर्णिमाको दिनमात्र घाँटीमा गर्नुको कारण चिँ खासमा यस्तो देखियो ! 

  • जनैको आधुनिक र सबैलाइ फिट हुने पुनर्डिजाइन हुन नसकेको ।
  • पूरानो लुगाको जुम्रा र मयल नया लुगा लाउनासाथ तुरून्त सर्ने ।
  • विहान उठेर मुख धुँदा पानीमा धोएपछि एक घण्टासम्म चिसो हुने, 
  • सेतो गोलगन्जी नै बिगार्ने । जाडामा त कति आच्छुआच्छु सक्किगो !
  • टिसर्ट लाउदा कुममा, घाँटीछेमा निस्कने, अरुले हेरेर सोधेर हैरान पारे ।
  • दाउरा चिर्न परो, कोदालो खन्न परो, जिम गर्न परो, जरकमरक गर्न परो भनेर यसो निहुरियो कि त बाहुलाबाट तुन्द्रुङ्ग निस्केको निस्क्यै गरेर तनाव ।
  • जनै अडिने ठाउँ त छैन, राती सुत्दा फुक्लेर कता हराउने हराउने, बिहान उठेर खोज्दाका दास्ती, घरपरिवारलाइ समेत हैरान । 
  • नुहाउदा खेरी साबुन दलिसको, अनि मिलायो अनि हातबाट छिरेर खुट्टामा पुग्ने, साबुनले स्याम्पुले आँखा पोलेर कस्तो छ जनै खोज्दै सास्ती, भुइँमा खसिसकेको हुन्च, भेटिँदैन त !
  • अब मन्तरेको जनै त एकदम चोखोनितो गर्न पनि परो ! जताततै तामसिक भोजन, बाहिर जथाभावी छाइछुइत भो भने के होला भन्ने पिरैपिर, साइकोलोजी बिग्रेर थला बस्ने सम्भावना उस्तै ।
  • जनै लाएपछि त्यस्को विधि पुर्याउन हरेक दिन नुहाउनु परो, ओप्सानी हाल्नु परो, खानेकुरा नास, कमिलाको बास । 
  • जिउ चिलाउएर कसैलाइ त हैरानै पार्ने रे ! 
  • मान्छेलाइ खुत्रुक्कै पार्ने यो जनै खटिरो भन्ने जिनिर आउने रच जनै लाएकै स्थानमा । यो जनै लायो भने जनै खटिरो आउँच भन्दिदा रचन फेरि खुराफातीरूले ! 
  • शाैच गर्दाका बखत जनैलाइ दाहिने कानमा दुइ फन्का बेरेर भिर्नुपर्ने । 
  • एकजना बाले राम्रो र फाइदाबारे भन्नुभो -> राम्रो भन्या चैं साँचो गाँठो पार्न काम लाग्ने रेछ बूढेसकालमा । हैट… 😄

नोट: कसैलाई हेप्न, खसाल्न र नराम्रो भन्न खोजिएको होइन है हजुर हो, मान्छेहरूले छोड्दै गएको सुनेर काल्पनिक खोज गरिएको हो । जनैलाइ धार्मिक संस्कारसँग मात्र जोड्दा यसको वैज्ञानिक महत्व ओझेलमा परेको छ । सकिन्छ भने यस्को साइज, आकार र धारण गर्ने तरिका समयसापेक्ष पारेर डाइनोसोर हुनबाट जोगाउँ । सुनको जनैको चलन पो सुरू गर्ने हो कि सिक्रिजस्तै 😁😂 हराउला भन्ने पिरै लागिसक्यो । © हलहले

येन बद्धो बलि राजा, दानवेन्द्रो महाबल: तेन त्वाम् प्रतिबद्धनामि रक्षे माचल माचल:

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००