मेरो देशको शिरमा अटल छ सगरमाथा
पूरावृत्त वीरताको ऐतिहासिक छ गाथा ।।
अपुप झैं मिठास प्रकृति, प्रणयोन्माद भावयित्री
पहाडमा मेहरो मनोहर, तरार्इमा धनार धरित्री ।।
मन्त्रपूत धरती छ, मन्दाकिनी झैं जल धारा
इशको मनसिजले मयूख छ, शान्त अति चेहरा ।।
हिरा, मोती, मरकत अनि जुहारत खानी छ
स्वर्गतूल्य अतीव मनोहर, जन्म भाग्यमानी छ ।।
रणन गुन्जिरहेछ, मफत सुगन्ध फैलिरहेछ
मनश्चछु खुलिरहेछ, मनोमल हट्दो छ जे छ ।।
मन्मय छ लोक, वंशीमा धनन्जय बहार
मर्मान्वेषण बाँकी छ, महाशून्य निरन्तर ।।
तम्मख त्यागेर नेपाली मन, देखिन्छ सलख भावमा
सुसंस्कृति पुर्सुन झैं मिठो छ, गरिमाको रापमा ।।
ल्हाम, मर्खरी, धोती पहिरन, दौरा अनि सुरूवाल
मुस्तैद छ लोक कर्ममा, प्रतिष्ठाको सवाल ।।
धतुङ्गो, धतुलो, धत्यौलो नि धर्मिष्ठ नै बन्दैछ
कृतघ्न खुशी छ, ज्यानी दुष्मन रनाहा बन्दैछ ।।
बान्छा टुसाउँदैछ, बढ्दैछ सबमा बाजखाम
वर्जन छ दरिद्रता, ललौरी निमिट्यान्न तमाम ।।
एकताको मनोभावना होस्, स्फूट रहोस् यो भूमी
विश्वलार्इ मात्सर्य छ, बिलिन रहून जुलुमी ।।
लालित्य बढ्दैछ, बनोस् प्रेमले लोकविश्रुत
वत्सल रहोस् सृष्टिकर्ताको, भुजशाप मजबुत ।।
२०७३ असोज १ गते
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्