ऐतिहासिक एवं पर्यटकीय महत्व बोक्ने 'चाँगुनारायण क्षेत्र'

ऐतिहासिक एवं पर्यटकीय महत्व बोक्ने 'चाँगुनारायण क्षेत्र'

चाँगुनारायण मन्दिर ऐतिहासिक र पूरातात्विक महत्व बोकेको नेपालको प्रसिद्ध मन्दिर हो । काठमाडौँदेखि २० किलोमिटर  र भक्तपुर (अरनिको राजमार्गको सूर्यविनायक) बाट ६.८ किलोमिटर दूरीमा पर्ने यो मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत छ ।

काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये यो मन्दिर पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको मानिन्छ ।

पछि लिच्छविकालमै अर्का राजा मानदेवको वि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराई अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमिन चढाएको उक्त अभिलेखमा अंकित छ ।

चाँगुनारायण नगरपालिकामा अवस्थित यस मन्दिरमा प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको छ । चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ ।

तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।

राजधानी नजिक पर्ने मनोरम स्थल भएकोले चाँगु  आन्तरिक पर्यटकको समेत आकर्षक गन्तव्य भएको छ । २०७२ सालको भूकम्पले यस मन्दिरमा क्षति पुगेकोले पुनर्निर्माण गर्ने काम गरिँदैछ ।

प्रकाशितः २०७४ कार्तिक

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००