आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई पाखा लगाउँदै नेपालले एकदिवसीय विश्वकप छनोट यात्रा तय गरेको छ ।

२०७९ चैत २ गते त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेट खेलको छनोट चरणमा पुगेको हो ।

यूएईबाट पाएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन हासिल गरिसकेपछि डिएल लेविस नियामानुसार (खेल्न नमिल्ने गरी अध्यारो भएका कारण) जित हासिल गरेको थियो ।
यो जितसँगै नेपालले आगामी जुलाईमा जिम्बाव्बेमा हुने वर्ल्डकप छनोट खेल्न पाउने भएको छ । विश्वकपमा सुपर लिगमा ८ टिम र विश्वकप छनोटका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले लिग-२ का पछिल्ला १२ मध्ये ११ खेलमा जितेर अप्रत्याशित नतिजा निकाल्न सफलमात्र भएन, नेपाली क्रिकेटले विश्वकपको ढोका खोल्ने साचो समेत हात पारेको छ ।

घरेलु मैदानमा यस्तो महत्वपूर्ण सफलताको खबरसँगै मैदानमा खेल हेर्न पुगेका खचाखच दर्शक औधी खुसी भए भने मुलुकभर खुसियाली छाएको थियो । यस जितको पछाडि कोच मोन्टी देसाईको योगदान समेत प्रशंसनीय छ ।

खेल विधाबाट मुलुकलाई खुसी दिने र देशको गौरव बढाउने नेपाली क्रिकेट टिमलाई धेरै बधाई । नेपालको विश्वकप खेल्ने सपना अब छिट्टै पूरा होस् । आगामी चरणमा सफलताको अग्रिम शुभकामना !






फोटो साभार: नेपाल क्रिकेट संघ !
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्