घना जङ्गलभित्र शान्त छन् 'बाराही'

घना जङ्गलभित्र शान्त छन् 'बाराही'

ललितपुरको बज्रबाराही मन्दिर काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य स्थल हो । १८.९९ हेक्टरमा फैलिएको जंगल क्षेत्रको शान्त वातावरणमा बज्रबाराही मन्दिर रहेको छ । काठमाडौं चक्रपथमा पर्ने सातदोबाटो चोकबाट ८ किलोमिटरको दूरीमा रहेको यस मन्दिरसम्म पक्की सडक पुगिसकेको छ ।

 

Bajrabarahi_1

 

यस मन्दिरको पूर्वमा झरुवारासी बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल र दक्षिणमा लेले क्षेत्र रहेको छ । ललितपुरको गोदावारी पार्क मन्दिबाट नजिकै पर्ने अर्को घुम्नलायक स्थल हो ।

 

Bajrabarahi_6

 

बज्रवाराहीको सम्बन्धमा – 'वाराही' शब्द ‘बराहको स्त्रीलिङ्गी रूप हो भनिएको छ । बाराहीको पूजा आराधना गर्नाले जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने एवम् सिद्धि प्राप्त हुने जनविश्वास छ ।

 

20171028_142946

 

मन्दिरको गर्भ गृहमा प्रस्तरको बीचमा वल्लो-पल्लो छेउमा धातुका दुई मूर्ति कलात्मक रूपले बनाइएको छ । ठीक तल ११ वटा देवीका मूर्तिहरू छन् । दक्षिणतर्फ गुहेश्वरी जलकुण्ड रहेको छ भने त्यस नजिकै बली दिने गरिन्छ ।

 

20171028_142106

 

20171028_143210

 

यस मन्दिरमा काठमा कुँदिएका वाराहीका तीनवटा मुर्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामा देखिने आठ बाहु भएका र राँगामाथि चढेका देखिन्छन् ।

 

मन्दिरमा जताततै विभिन्न चित्रहरू कुँदिएका छन् ।

 

20171028_143336

 

20171028_150835

 

यो मन्दिर धार्मिक हिसाबलेमात्र नभर्इ शान्त र मनोरम वातावरण भएकोले पर्यटकीय हिसाबले समेत असाध्यै महत्वपूर्ण स्थानमा छ । प्रदुषणमुक्त जंगल क्षेत्रमा पुग्नासाथ यहाँको मनोरम प्राकृतिक वातावरणले जोकोहीलार्इ मन्त्रमुग्ध पारिदन्छ ।

 

20171028_143212

 

20171028_143308

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००