- आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० रहने अनुमान ।
- कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत उद्योग क्षेत्रको योगदान १३.५ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहने अनुमान ।
- कूल उपभोग कूल गार्हस्थ्य उत्पादनको ९३.६ प्रतिशत, कूल गार्हस्थ्य बचत ६.४ प्रतिशत । कूल लगानी भने ५ प्रतिशतले घट्ने, गत वर्ष ३७.४ प्रतिशत रहेकोमा यो वर्ष कूल गार्हस्थ्य उत्पादनको ३३.६ प्रतिशत मात्र कूल लगानी हुने ।
- प्रतिव्यक्ति कूल राष्ट्रिय आय १,४१० अमेरिकी डलर पुग्ने अनुमान ।
- अर्थतन्त्रमा मूल्यवृद्धिको दबाब, चालु वर्षको फागुनसम्म उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत, यो गतवर्षको भन्दा २.४ प्रतिशत विन्दुले बढी ।
- पूँजीगत खर्चको अवस्था कमजोर, कूल एकीकृत खर्चमध्ये चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फको हिस्सा क्रमशः ५७.६ प्रतिशत, ३२.९ प्रतिशत र ९.५ प्रतिशत रहेको । संघको चालु खर्च १३.१ प्रतिशत, पूँजीगत खर्च ९.२ प्रतिशत र वित्तीय व्यवस्थापनको खर्च ४६.३ प्रतिशत रहेको ।
- गत आवको तुलनामा फागुनसम्म राजश्व संकलन १४.६ प्रतिशतले घटेको ।
- सामाजिक सुरक्षा भत्ताको व्ययभार बढ्दो, सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही ३६,८३,६५८ पुगे, एकै वर्ष १८ हजारभन्दा बढी थपिए ।
- संघीय सरकारको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब ६ करोड ।
- सार्वजनिक संस्थानबाट लगानीअनुसारको प्रतिफल आएन, सार्वजनिक संस्थानबाट सरकारलाई ६ अर्ब १५ करोड लाभांश प्राप्त, आव २०७८/७९ मा २५ वटा सार्वजनिक संस्थान नाफामा र १७ वटा सार्वजनिक संस्थान घाटामा ।
- बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत) को संख्या १२०, वित्तीय संस्थाका शाखा संख्या ११,६२९, देशभर ३१३७३ सहकारी संस्था रहेका ।
- अर्थतन्त्रको समस्या वित्तीय क्षेत्रमा पनि देखियो, अघिल्लो वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दोब्बर ।
- एक वर्षमा नेप्सेमा ७१५ अंकको गिरावट, बजार पूँजीकरणमा २५.३५ प्रतिशतको गिरावट, कूल जनसंङ्ख्याको १९ प्रतिशतले खोले डिम्याट खाता ।
- कूल वस्तु निकासी २९.१ प्रतिशत र कूल बस्तु पैठारि १९.१ प्रतिशतले घट्यो, कूल बस्तु व्यापार घाटामा १७.९ प्रतिशतले कमी । शोधनान्तर बचत १ सय ४८ अर्ब ११ करोड ।
- वैदेशिक रोजगारीमा जान अहिलेसम्म श्रम स्वीकृति लिनेको संख्या ५५,२६,७०४ जसमा यसै वर्ष नयाँ श्रम स्वीकृति लिने ३,३७,१४४ ।
- विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि, एक वर्षमा ५,५६,५४० पर्यटक नेपाल भित्रिए ।
- उद्योग विभागमा १८३ उद्योग दर्ता, १३ हजार रोजगारी सिर्जना हुने अनुमान ।
- सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १७,७४८ रोजगारदाता र ३,९८,५८७ श्रमिक सूचीकृत ।
- जनसाङ्ख्यिक लाभको अवस्था, काम गर्ने उमेर समूह (१५-५९) वर्षको सक्रिय जनसंख्या ६२ प्रतिशत रहेको ।
- कूल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये ८७ प्रतिशत र कूल कृषियोग्य जमन २६ लाख ४० हजार हेक्टरमध्ये ५८ प्रतिशत जमिनमा सिँचाइ सुबिधा पुग्यो ।
- वन क्षेत्र कूल भू-भागको ४१.६९ प्रतिशत, झाडी तथा बुट्यान क्षेत्र समेत गरी कूल भूभागको ४५.३१ प्रतिशत वन क्षेत्र ।
- विद्युतको पहुँच पुग्ने जनसंख्या ९५ प्रतिशत, कूल जडित विद्युत क्षमता २,६६६ मेगावाट पुग्यो ।
- १७,४८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी राष्ट्रियस्तरका सडकको लम्बाइ ३४,१०० किलोमिटर पुग्यो ।
- आधारभूत तह (१-५) मा खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (१-८) मा ९६.१ प्रतिशत र माध्यमिक तह मा ५७.४ प्रतिशत पुग्यो ।
- नेपालमा प्रति १ हजार जनसङ्ख्यामा १.१५ चिकित्सक र २.५४ नर्स तथा मुलुकमा जम्मा ३,०७,०४८ स्वास्थ्यकर्मी रहेका ।
- आधारभूत खानेपानीको पहुँच पुगेको जनसंख्या ९४.९३ प्रतिशत पुगे पनि उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या २५.८१ प्रतिशतमात्र ।
आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८० को डिजिटल किताब यहाँ उपलब्ध छः
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्