एक चीज मागे जे माग्यो त्यही पूरा गर्ने दुप्चेश्वर महादेव

एक चीज मागे जे माग्यो त्यही पूरा गर्ने दुप्चेश्वर महादेव

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाका चर्चित धार्मिक स्थलमध्येको एक हो ।

नुवाकोटको गाउँपालिकामा अवस्थित दुप्चेश्वर महादेवले जे माग्यो त्यही पूरा गर्छन् भन्ने धार्मिक विश्वासका कारण यो स्थलको चर्चा हुने गरेको छ ।

खासगरी निसन्तान दम्पत्तिको मनोकामना पूरा गरिदिने देउता भनेर पूजा गरिने दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथको रुपमा समेत पुकार्ने गरिएको छ ।

दुप्चेश्वर महादेवले चिताएको पूरा गर्ने, सन्तान नहुनेलाई सन्तान दिने, पुत्र प्राप्ती हुने, नबोल्ने बालबालिकालाई बोली दिने विश्वासका साथ टाढा-टाढाबाट भक्तजनहरू दर्शनका लागि यस मन्दिरमा आउने गर्दछन् । यहाँ भाकल गर्ने तथा भाकल पूरा भएपछि शिवजीको दर्शनका लागि पुनः आउने समेत गरेको देखियो ।

धेरै मागे नपुग्ने तर एक चिज माग्दा फरकै नपर्ने भएकोले दुप्चेश्वरको आराधना गर्न टाढाटाढादेखि कैयौं भक्तजन आउने यहाँका पूजारीले बताए ।

किम्बदन्तीअनुसार ४ शताब्दीअघि तामाङ थरका एक स्थानीय को दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएको र पछि त्यस स्थानमा दुधेश्वर महादेव उत्पत्ति भएका हुन् । सुरूमा गाइले दूध चढाउने भएको दुधेश्वर नाममा महादेवकत्त उत्पति भएको र पछि अपभ्रंस भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

त्यसैगरी समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुति पनि पाइन्छ ।

यस मन्दिरको तल रहेको तादी नदीको किनारमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विषेश मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००