मोबाईल हराएर/बिग्रिएर फोन नम्बर उड्यो/मेटियो भन्ने धेरै एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई मित्रहरुलाई म एउटा तरिका सिकाइदिन्छु फोन नम्बर, एप्स, एसएमएस, कल लग, क्यालेण्डर, बुकमार्क जोगाउने, बेलाबेलामा कम्युटर या इमेलमा सेभ गरेर, धेरैका लागि उपयोगी हुनसक्छ ।
१. सर्वप्रथम फोनमा भएको गुगल प्लेस्टोर अाइकनमा क्लिक गरी त्यसभित्र जानुहोस् ।
२. सर्च वक्समा Super Backup टाइप गर्नुहोस् र सर्च गर्नुहोस् । तपाईंले पहिलो नम्बरमै हार्डडिक्सको जस्तो चित्र भएको Mobileidea Studio को एप्स देख्नुहुनेछ ।
३. त्यसलाई Install गर्नुहोस् र एप्स खोल्नुहोस् ।
४. सुरुमा Apps Backup त्यसपछि SMS Backup, Contact Backup, Call Logs Backup, Calendars Backup, Booksmark Backup देख्नुहुनेछ ।
५. जे व्याकअप गर्नुपर्ने हो त्यसभित्र जानुहोस् । (जस्तै फोन नम्बर व्याकअप गर्न Contact Backup मा जानुहोस्)
६. त्यसभित्र Backup, Restore, View Backups, Send To email, Delete Backups, Delete All Contacts जस्ता options देख्नुहुनेछ ।
७. अब Backup मा थिच्नुहोस त्यसपछि फोन नम्बर तपाईंको फोल्डरमा व्याकअप हुनेछ, पछि यसलाई Resotre गर्न सकिन्छ । यसलाई थप सुरक्षित राख्न आफ्नो इमेलमा पठाउन Send To Email क्लिक पनि गर्न सक्नुहुनेछ भने मेमोरी कार्डमा व्याकअप गरी कम्प्युटरमा पनि राख्न सक्नुहुनेछ । फोन नम्बरहरु अपडेट भए बेलाबेलामा व्याकअप लिन सकिन्छ ।
नोटः फोन नम्बर मेमोरी कार्डमा व्याकअप गर्न एप्सको सेटिङमा Backup Path मा गई storage device छनौट गर्न सकिनेछ । Backup गरेपछि सम्बन्धित ठाउँमा SMS contact Backup Folder बन्नेछ । सेटिङमा अरु धेरैकुरा सेटअप गर्न मिल्छ । सुपर व्याकअपजस्तै अन्य केही एप्सहरू समेत डाटा सेक्युरिटीको लागि प्रयोग गर्न सकिनेछ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्