आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक, गरिबी घट्यो

  • बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्र सुस्तीमै

    चालु वर्ष आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० रहने ।

  • अर्थतन्त्रमा मूल्यवृद्विको दबाब

    फागुनसम्म उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत, यो गतवर्षको भन्दा २.४ प्रतिशत विन्दुले बढी ।

  • गरिबी घटेको तथ्याङ्क

    १५.१ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि र १७.४ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेका, सहरी क्षेत्रमा १२.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २८ प्रतिशत बहुआयामिक गरिबी ।

  • स्रोत जुटाउन सरकारलाई हम्मे, राजश्य उल्लेख्य गिरावट, अनुत्पादक खर्चमा कमी आएन

    पूँजीगत खर्चको अवस्था कमजोर, कूल एकीकृत खर्चमध्ये चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फको हिस्सा क्रमशः ५७.६ प्रतिशत, ३२.९ प्रतिशत र ९.५ प्रतिशत रहेको । गत आवको तुलनामा फागुनसम्म राजश्व संकलन १४.६ प्रतिशतले घटेको ।

 

  • आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान, गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० रहने अनुमान ।

 

  • कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत उद्योग क्षेत्रको योगदान १३.५ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत रहने अनुमान ।

 

  • कूल उपभोग कूल गार्हस्थ्य उत्पादनको ९३.६ प्रतिशत, कूल गार्हस्थ्य बचत ६.४ प्रतिशत । कूल लगानी भने ५ प्रतिशतले घट्ने, गत वर्ष ३७.४ प्रतिशत रहेकोमा यो वर्ष  कूल गार्हस्थ्य उत्पादनको ३३.६ प्रतिशत मात्र कूल लगानी हुने ।

 

  • प्रतिव्यक्ति कूल राष्ट्रिय आय १,४१० अमेरिकी डलर पुग्ने अनुमान ।

 

  • अर्थतन्त्रमा मूल्यवृद्धिको दबाब, चालु वर्षको फागुनसम्म उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत, यो गतवर्षको भन्दा २.४ प्रतिशत विन्दुले बढी ।

 

  • पूँजीगत खर्चको अवस्था कमजोर, कूल एकीकृत खर्चमध्ये चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फको हिस्सा क्रमशः ५७.६ प्रतिशत, ३२.९ प्रतिशत र ९.५ प्रतिशत रहेको । संघको चालु खर्च १३.१ प्रतिशत, पूँजीगत खर्च ९.२ प्रतिशत र वित्तीय व्यवस्थापनको खर्च ४६.३ प्रतिशत रहेको ।

 

  • गत आवको तुलनामा फागुनसम्म राजश्व संकलन १४.६ प्रतिशतले घटेको ।

 

  • सामाजिक सुरक्षा भत्ताको व्ययभार बढ्दो, सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही ३६,८३,६५८ पुगे, एकै वर्ष १८ हजारभन्दा बढी थपिए ।

 

  • संघीय सरकारको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब ६ करोड ।

 

  • सार्वजनिक संस्थानबाट लगानीअनुसारको प्रतिफल आएन, सार्वजनिक संस्थानबाट सरकारलाई ६ अर्ब १५ करोड लाभांश प्राप्त, आव २०७८/७९ मा २५ वटा सार्वजनिक संस्थान नाफामा र १७ वटा सार्वजनिक संस्थान घाटामा । 

 

  • बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत) को संख्या १२०, वित्तीय संस्थाका शाखा संख्या ११,६२९, देशभर ३१३७३ सहकारी संस्था रहेका ।

 

  • अर्थतन्त्रको समस्या वित्तीय क्षेत्रमा पनि देखियो, अघिल्लो वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दोब्बर ।

 

  • एक वर्षमा नेप्सेमा ७१५ अंकको गिरावट, बजार पूँजीकरणमा २५.३५ प्रतिशतको गिरावट, कूल जनसंङ्ख्याको १९ प्रतिशतले खोले डिम्याट खाता ।

 

  • कूल वस्तु निकासी २९.१ प्रतिशत र कूल बस्तु पैठारि १९.१ प्रतिशतले घट्यो, कूल बस्तु व्यापार घाटामा १७.९ प्रतिशतले कमी । शोधनान्तर बचत १ सय ४८ अर्ब ११ करोड ।  

 

  • वैदेशिक रोजगारीमा जान अहिलेसम्म श्रम स्वीकृति लिनेको संख्या ५५,२६,७०४ जसमा यसै वर्ष नयाँ श्रम स्वीकृति लिने ३,३७,१४४ ।

 

  • विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि, एक वर्षमा ५,५६,५४० पर्यटक नेपाल भित्रिए ।

 

  • उद्योग विभागमा १८३ उद्योग दर्ता, १३ हजार रोजगारी सिर्जना हुने अनुमान ।

 

  • सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १७,७४८ रोजगारदाता र ३,९८,५८७ श्रमिक सूचीकृत ।

 

  • जनसाङ्ख्यिक लाभको अवस्था, काम गर्ने उमेर समूह (१५-५९) वर्षको सक्रिय जनसंख्या ६२ प्रतिशत रहेको ।

 

  • कूल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये ८७ प्रतिशत र कूल कृषियोग्य जमन २६ लाख ४० हजार हेक्टरमध्ये ५८ प्रतिशत जमिनमा सिँचाइ सुबिधा पुग्यो ।

 

  • वन क्षेत्र कूल भू-भागको ४१.६९ प्रतिशत, झाडी तथा बुट्यान क्षेत्र समेत गरी कूल भूभागको ४५.३१ प्रतिशत वन क्षेत्र ।

 

  • विद्युतको पहुँच पुग्ने जनसंख्या ९५ प्रतिशत, कूल जडित विद्युत क्षमता २,६६६ मेगावाट पुग्यो ।

 

  • १७,४८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी राष्ट्रियस्तरका सडकको लम्बाइ ३४,१०० किलोमिटर पुग्यो ।

 

  • आधारभूत तह (१-५) मा खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (१-८) मा ९६.१ प्रतिशत र माध्यमिक तह मा ५७.४ प्रतिशत पुग्यो ।

 

  • नेपालमा प्रति १ हजार जनसङ्ख्यामा १.१५ चिकित्सक र २.५४ नर्स तथा मुलुकमा जम्मा ३,०७,०४८ स्वास्थ्यकर्मी रहेका ।

 

  • आधारभूत खानेपानीको पहुँच पुगेको जनसंख्या ९४.९३ प्रतिशत पुगे पनि उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच पुगेको जनसंख्या २५.८१ प्रतिशतमात्र ।

 

आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८० को डिजिटल किताब यहाँ उपलब्ध छः

 

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००