नेपालको अर्थतन्त्र र बजेट

gdp.JPG

नेपालको अर्थतन्त्र ३७ सय ६७ अर्ब रूपैयाँ हाराहारीकाे छ । चालु आर्थिक वर्ष २०७६।७७ मा नेपालको आर्थिक बृद्धिदर २.३% रहने अनुमान गरिएको छ । कोभिड-१९ का कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा तीब्र गिरावट आउने अनुमान गरिएको हो । विश्व बैंकले त यो आर्थिक वर्ष २०७६/७७ मा ०.५% मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । नेपालको बजेट प्रणाालीमा चालु खर्चको हिस्सा अत्यधिक र पूँजीगत खर्चको हिस्सा न्यून रहेकोले प्रशस्त रोजगारीका अवशरहरू सिर्जना हुन सकेका छैनन् । पूँजीगत खर्चकाे अभाव एवम् परिचालितमध्ये पनि खर्चको प्रभावकारिता नहुँदा मुलुकको आर्थिक उन्नति कमजोर हुने गरेको छ । राजश्वको उठ्ती बजेटकाे आधाजसाेमात्र भएकोले स्राेत व्यवस्थापन समस्याकाे विषय बन्ने गरेको छ । कोभिड-१९ को असरका कारण आगामी दिनमा मुलुक थप आर्थिक जतिलतामा फस्नसक्ने आँकलन समेत हुन थालेको छ । अत्यन्तै सुझबुझका साथ काम गर्न नसकिए मुलुकको व्यवयभार उच्च हुन गइ थप वित्तीय संकटमा धकेलिन सक्ने खतरा समेत छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट 

 कूल बजेट अंकः १४ खर्ब ७४ अर्ब ६४ करोड
 आर्थिक वृद्विदर लक्ष्यः ७ प्रतिशत
 मुद्रास्फीति (मूल्यवृद्विदर): ७ प्रतिशत सीमित राख्ने लक्ष्य

विनियोजनको अवस्था

 चालुतर्फः ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात्
> कूल बजेटको ६४.४%
 पूँजीगततर्फः ३ खर्ब ५२ अर्ब ९१ करोड
> कूल बजेटको २३.९%
 वित्तीय व्यवस्थापतर्फः १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात
> कूल बजेटको ११.७%
 बजेटको आकार कूल ग्राहस्थ उत्पादन (GDP) को ३९ प्रतिशत रहेको
 संकुचनकारी बजेट, अघिल्लो वर्षको भन्दा ५८ अर्ब ३२ करोड अर्थात् ३.४ प्रतिशतले सानो, अघिल्लो वर्षको बजेट अंकः १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको

खर्च बेहोर्ने स्रोत

 राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड
 वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड
 वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड
 आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिने ।

बजेटका उद्देश्यहरू      

१) संंक्रामकलगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजवीवनलाई सहज र सुरक्षित बनाउने ।
२) उपलब्ध साधन, स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरुत्थान गर्दै विकासको गतिलाई निरन्तरता दिने,
३) नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकता परिपूर्तिमार्फत् राज्यको लोककल्याणकारी भूमिका बढाउने, र
४) सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत् उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवम् समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्दै जाने ।

बजेटका क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता

१) कोरोनालगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वास्थ्य जनशक्ति विकास,
२) कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृङ्खलालाई पुनस्र्थापना गर्दै कृषि, उद्योग, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनरुत्थान,
३) नागरिकका लागि काम र रोजगारीका अवसर, खाद्य सुरक्षा, सुरक्षित आवास, सार्वकालीक सामाजिक सुरक्षा र संरक्षण,
४) विकासको शीघ्र प्रतिफल प्राप्त हुने र आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन,
५) गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण,
६) संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सार्वजनिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सुदृढीकरण

बजेटमाथिको टिप्पणी

 समग्रमा बजेट कोभिड १९ को सेरोफेरो र स्वास्थ्य पूर्वाधारमा केन्द्रित एवम् सकारात्मक र स्वागतयोग्य
 राजश्व संकुचनको अवस्थाका कारण ऋण जुटाउनुपर्ने दबाब
 वैदेशिक ऋण तथा अनुदानमा आस बढी
 आन्तरिक ऋणमा समेत दबाब पर्न गइ निजी क्षेत्र निरूत्साहित हुनसक्ने
 चालु खर्चको तुलनामा पूँजीगत खर्च न्यून (चालु जिडिपीको २५.२% हाराहारी रहे पनि पूँजीगत खर्च जिडीपीको ९.४ % मात्र विनियोजित)
 उत्पादन र रोजगारीका गतिविधि संकुचन हुनसक्ने
 सार्वजनिक क्षेत्रबाट हुने गतिविधिहरू समेत सुस्त रहने र कोभिड १९ को महामारी जारी रहे निजी क्षेत्र समेत सिथिल बन्न गइ अार्थिक संकुचन हुनसक्ने
 राजस्वले चालु खर्च नधान्ने अवस्था (५९ अर्ब ६२ करोड कम), ऋणमा भर पर्नुपर्दा आगामी दिनमा सरकार Debt trap मा पर्नसक्ने खतरा

अर्थतन्त्रका सूचकहरूको अद्यावधिक अवस्थाबारे जानकारी लिन तलका लिंकहरूमा जान सक्नुहुनेछः

http://data.mof.gov.np/

http://www.mof.gov.np/en/macroeconomic/

अन्य आर्थिक आँकडा एवम् परिसूचकहरूको लागि नेपाल राष्ट्रबैंककाे वेबसाइट www.nrb.org.np को सहायता समेत लिन सक्नुहुनेछ ।

डाउनलोड गर्नुहोस्

 

 

 

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००