नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर विश्वनाथ पौडेलले असार २७ गते सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचक मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिमार्फत् व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइएको छ भने घरजग्गा किन्नेलार्इ यसअघि २ करोडको ऋण सीमा बढाएर ३ करोड कायम गरिएको छ ।
त्यसैगरी घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा अब ७० प्रतिशत कायम गरिएको छ ।
केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारिएको छ । त्यसैगरी स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत रहने केन्द्रीय बैंकको प्रक्षेपण छ ।
विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा पनि बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ ।
मौद्रिक नीतिको कार्यान्वयनले सरकारले बजेटमार्फत् राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग गर्नेछ । त्यसैगरी मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिइएको छ ।
मौद्रिक नीतिको पूर्ण पाठ यसप्रकार रहेको छः
० कमेन्टहरू
अहिलेसम्म कुनै कमेन्ट छैन। पहिलो कमेन्ट तपाईं नै गर्नुहोस्!
कमेन्ट गर्नुहोस्