अब विश्व युद्ध हुन्छ भने पानीको लागि हुन्छ, कुरो बुझाैं

water problem

 

  • अहिले २ अर्बभन्दा बढी मानिस पानीको उच्च तनावमा बाँचिरहेका छन् (यूएन, २०१८) । विश्वमा १ अर्बभन्दा बढी मानिस ताजा पिउने पानीको पहुँचबाट बन्चित छन् ।

 

  • विश्वको दुर्इ तिहार्इ जनसंख्या अर्थात् करिब ४ अर्ब मानिस वर्षको कम्तीमा १ महिना पानीको हाहाकारमा बिताउने गर्दछन् । (Mekonnen and Hoekstra, 2016)

 

  • विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू 'उच्च जल सङ्कट'को अवस्थामा बाँचिरहेका छन् (वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआईको नयाँ प्रतिवेदन) ।

 

  • अहिलेको जलवायु परिवर्तनको अवस्था विश्लेषण गर्दा सन् २०३० सम्म पानीको अभावका कारण विश्वका ७० करोड मानिस विस्थापित हुनेछन् (Global Water institute, 2013, UNESCO, 2009)

 

  • विश्वको एक तिहार्इभन्दा बढी सहती पानीको प्रणाली एक किसिमले नष्टजस्तै भइसकेको छ । (Richey et al.,2015)

 

b7b76c18ff73436191b1bfea808316b9

 

  • आधा विश्व जनसंख्या संभावित जनस्रोत अभावको क्षेत्रमा बसोबास गरिरहेका छन् जहाँ कम्तीमा एक महिना पानीको हाहाकार हुने गर्दछ र यो सन् २०५० मा बढेर ४.८ देखि ५.७ अर्बको संख्यामा पुग्नेछ । प्रभावितमध्ये एसियामा ७३% जनसंख्या एसियामा रहेको छ । (Burek et al., 2016)

 

  • सन् २०५० मा पानीको माग आजभन्दा ५५% ले बढ्नेछ (Organisation for Economic Co-Operation and Development EOCD Report)

 

  • १७ देशमा एक अर्ब ७० करोड मानिसहरू उच्चतम जल सङ्कटको अवस्थामा रहेका छन् । (ब्ल्यूआरआई प्रतिवेदन)

 

  • दक्षिण एशियामा उच्चतम जल सङ्कट भएका राष्ट्रहरूमा भारत र पाकिस्तान रहेका छन् । भारत विश्वको १३औं स्थानमा छ भने पाकिस्तान एक स्थान पछाडि रहेको छ । अफगानिस्तान (२७) र नेपाल (४०) दुवै उच्च जल सङ्कट भएको देशका रूपमा रहेका छन् ।

 

  • भारतको हरियाणा, पञ्जावलगायत ८ वटा प्रान्तमा पानीका लागि ठूलो समस्या छ । अहिले त्यहाँ पानीका लागि आन्दोलन भइरहेको छ । २ करोडभन्दा बढी इनार रहेका र तीबाट अटुट पानी निकाल्ने गरिएकोले ५०० फिट खन्दा पनि जमिनबाट पानी ननिस्कने अवस्था आर्इ चाँडै मरूभूमिमा परिणत हुने अध्ययनहरू सार्वजनिक भएका छन् ।

 

  • पानीको हाहाकार भएर काकाकूल नै हुनुपर्ने देशहरूमा लिबिया, वेस्ट्रन सहारा, यमन, जिबुटी आदि रहेका छन् । त्यसैगरी कतार, इजरेल, लेबनान, इरान, जोर्डन, लिबिया, कुवेत, साउदी अरेबिया, इरिट्रिआ, यूएई, सान मारिनो, बहराइन, भारत, पाकिस्तान, तुर्कमेनिस्तान, ओमान, बोत्स्वाना आदिमा पानीको पूरापूर संकटको अवस्था छ ।

 

  • चीनमा आधा सताव्दीमा भूमिगत पानीको सतह १४ मिटर घटेकोले अबको केही वर्षमा चीनको ग्रेटवाल समेत बालुवामा भासिने अनुमान गरिएको छ । २५ देखि ३३% चिनियाँ नागरिक सुरक्षित पानीको पहुँचबाट बाहिर छन् ।

 

  • सबैभन्दा खराब पानी प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका देशहरू युगाण्डा, इथियोपिया, नाइजेरिया, कम्बोडिया, नेपाल, घाना, भुटान, पाकिस्तान, कंगो, मेक्सिको आदि रहेका छन् ।

 

  • पृथ्वीको ४६% जमिनको सतहलार्इ मात्र नदीको फेरो र सीमाले छोएको छ जसकारण भविष्यमा पानीको लागि तीब्र द्वन्द्ध हुने संभावना छ ।

 

  • प्रत्येक वर्ष ३४ लाख मानिस (विशेष गरी बालबालिका) को पानीका कारण सर्ने तर बचाउन सकिने रोगले मृत्यु हुने गरेको छ ।

 

  • विकासशील मुलुकहरूमा ९० प्रतिशत फोहोरमैला र ७० प्रतिशत अद्योगिक फोहोरमैला पानीमा मिसाउने गरिन्छ ।

 

  • संयुक्त राज्य अमेरिकामा थर्मोइलेक्ट्रिक पावर प्लान्टले मात्र ताजा पानीको ५० प्रतिशत हिस्सा उपयोग गरिदिन्छन् ।

 

water problem 1

 

 सबैभन्दा धेरै ताजा पानी भएका देशहरू

 

• ब्राजिल – विश्वको ताजा पानीको १२% जसमध्ये अमेजन नदीमा मात्रै ७०% रहेको । ब्राजिलमा ८,२३३ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । --- • रसिया – सबैभन्दा ठूलो र गहिरो ताजा पानी भएको ताल बैकाल रसियामै पर्छ । रसियामा ४,५०८ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । --- • संयुक्त राज्य अमेरिका – अमेरिकामा सबैभन्दा ठूलो ताजा पानीको स्रोत (७७%) सतही पानी हो भने २३% जमिनमुनिको पानी हो । अमेरिकामा १०० भन्दा बढी तलाउहरू रहेका छन् तिनीहरूमध्ये सुपेरियर, लेक ओन्टारियो, लेक मिचिगन, लेक इअरी महत्वपूर्ण हुन् । अमेरिकामा ३,०६९ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । --- • क्यानडा – ८० लाख मान्छेको लागि उपलब्ध रहेको क्यानडाको ताजा पानीको स्रोत भनेको नदी, हिमनदी तथा साना तालतलैया नै हुन् । क्यानडामा २,९०२ क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । --- • चीन – चीनमा विश्वको पाचौं धेरै ताजा पानीको स्रोत चीनसँग छ । जियाङसी प्रान्तमा रहेको पोयाङ ताल सबैभन्दा ठूलो स्रोत हो । चीनमा २,८४० क्यूबिक किलोमिटर ताजा पानी रहेको छ । --- • त्यसपछि ताजा पानीको बढी स्रोहरू भएका देशमा कोलम्बिया, यूरोपेली यूनियन क्षेत्र, इन्डोनेशिया, पेरू, भारत, कंगो, भेनेजुयला, बंगलादेश, म्यानमार, नाइजेरियालगायत पर्दछन् ।

 

DSC0420-L

 

  • सबैभन्दा बढी पानी प्रयोग गर्ने देशहरूमा संयुक्त राज्य अमेरिका (२२४२ क्यूबिक मिटर प्रतिवर्ष), चीन, भारत (१०८९ क्यूबिक मिटर), ब्राजिललगायत रहेका छन् । पानी प्रयोगको विश्व औसत प्रतिव्यक्ति प्रतिवर्ष १३८५ क्यूबिक मिटर रहेको छ ।

 

  • शौचालयको पद्दति राम्रो नहुँदा र भएकाहरूमा पनि सबैभन्दा धेरै पानी शौचालयमा खेर जाने अवस्था रहेको अध्ययनहरूले देखाएका छन् ।

 

  • सन् १९६१ देखि २०१४ सम्ममा संसारभर झिकिएको पानीको मात्रा २.५ प्रतिशतले बढेको छ । पानीको घरेलु उपयोग १० प्रतिशत छ जुन सन् १९६१ को तुलनामा छ गुणा बढी हो ।

 

  मिति २०७६।०४।२४ By: हलहले

प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊

प्रतिक्रिया दिनुहोस्

0/१०००