कुनै एक मानिस हात्ती छेउबाट पार हुँदै गर्दा उसका आँखा हात्तीको अधिल्तिरको खुट्टामा पर्र्यो जहाँ एउटा सानो डोरीले बाँधेर हात्तीहरूलार्इ सहजै कजाइएको देखिन्थ्यो । उसलार्इ तीनछक्क लाग्यो कि यति ठूलो जनावरलार्इ एउटा खिरिलो डोरीले खुट्टामा बाँधेर स्थिर गर्न कसरी सम्भव छ? न सिक्री नै छ न त जाली नै, हात्तीजस्तो बलियो जनावरले चाह्यो भने डोरी त के जुनसुकै बेला सबै भत्काएर बन्धन तोड्न सक्दछ । तर त्यसले किन त्यसो गर्न सकेन? उनले नजिकै रहेको माहुतेसँग सोधे – ए दार्इ; यी हात्तीहरू किन एउटा सानो डोरीले बाँध्दैमा एकै ठाउँमा उभिरहन्छन् न कि उनीहरू छुटकारा पाउन बल गरेकै देखिँदैन त? माहुतेले भन्यो – राम्रो पश्न । खासमा जब हात्तीहरू कम उमेरका र वयष्क हुँदै थिए त्यसबेला हामीले यही डोरी प्रयोग गरेर उनीहरूलार्इ बन्धनमा राख्थ्यौं । त्यतिबेला उमेरअनुसार उनीहरूलार्इ थेग्न यो नै पर्याप्त थियो । जब यी जनावरहरू ठूला भए, तिनीहरू स्वयं आफ्नो क्षमतालार्इ चिन्दैनन् र आफूलार्इ विश्वास गर्दैनन् कि तिनीहरू आफैं छुट्टिन सक्दछन् । तिनीहरू विश्वास गर्दछन् डोरी अझै आफूहरूलार्इ बन्धनमा राख्न सक्षम छ, त्यसैले उनीहरू कहिल्यै स्वतन्त्र हुन नै खोज्दैनन् । ती मानिस चकित भए । यी जनावरहरू कुनै पनि समयमा उनीहरूको बन्धनबाट छुट्न सक्थे तर तिनीहरू विश्वास गर्थे कि यो आफूबाट असम्भव छ र जहाँ थिए त्यहीं अडिए । यी जनावरहरूजस्तै हामीमध्ये कति जना यस जीवनमा व्यस्त रहन्छौं कि हामी केहि गर्न सक्दैनौं भन्ने विश्वासमा झुण्डिएका छौँ । हामी या त सिकार्इएका छौं र सीमा नाघ्न सक्दैनौं या पहिले असफल भएर पुनः असफल हुने डरमा हुन्छौं । जब तपाईं असफल हुनुभएन भने तपाईं असफलको लागि निश्चित हुनुहुन्छ, तर त्यहाँ पाठहरू हुनेछन् जुन तपाईंले आफ्नो जीवनको साथ सिक्दै अघि बढ्दै जान्नुपर्नेछ । असफलता सिकार्इको एक भाग हो । त्यसैले हामीले जीवनमा कहिल्यै पनि संघर्ष त्याग्नु हुँदैन ।
✓ लिंक कपी भयो!
मुद्रण स्रोत: https://basnetbhojendra.com.np/post/2077/3/post-6013d789 | basnetbhojendra.com.np
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्