चीनको जियाङ्सु प्राप्तको तियानिङ मन्दिर परिसर बुद्धमार्गीहरूको लागि एक प्रसिद्ध ऐतिहासिक सम्पदास्थलको रुपमा रहेको छ ।
छ्याङ्जाउ सहरमा अवस्थित यस मन्दिर परिसर ट्याङ् डाइनस्टी (618-907) कै पालामा बनेको ऐतिहासिक पुरातात्विक स्थल हो । यस मन्दिर परिसरमा १३ तलाको १५३.७९ मिटर (५०४.५६ फिट) अग्लो 'तियानिङ प्यागोडा' रहेको छ ।

यो प्यागोडा विश्वकै अग्लो बुद्ध प्यागोडाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा सूचीकृत छ । सन् २००२ देखि निर्माण सुरु भएर २००७ मा सम्पन्न भएको यस प्यागोडामा ६५०० टन स्टील, छानोको लागि ७५ टन सुन र ढलौट तथा म्यानमार र पपुवान्यूगिनीयाबाट काठ झिकाइ प्रयोग गरिएको छ । यसको ध्वनि ५ किलोमिटर टाढासम्म सुनिने बताइन्छ ।
यस प्यागोडामा बत्ती तथा झिलिमिली जडान गर्ने परियोजनाले उक्त गहन र प्रभावकारी कामको लागि सन् २०२१ मा चाइना लाइटिङ्ग अवार्डको रुपमा प्रथम पुरस्कार समेत हात पारेको थियो ।
समग्रमा तियानिङ प्यागोडा परिसर वास्तुकला र इन्जिनियरिङको उच्चतम नमूना मात्र नभई आधुनिक चीनमा बुद्धमार्गीहरूका लागि जीवन्त केन्द्रको रुपमा परिचित र विकसित हुन पुगेको छ ।
बुद्ध जन्मेको देश नेपालबाट यस मन्दिर परिसर र प्यागोडाको प्रत्यक्ष दृष्यावलोकन गर्न पाउँदा पङ्किकारलाई समेत निकै खुशी लागेको छ ।
यस प्यागोडा र आसपासको बगैँचा क्षेत्रका थप तस्वीरहरू:


















० कमेन्टहरू
अहिलेसम्म कुनै कमेन्ट छैन। पहिलो कमेन्ट तपाईं नै गर्नुहोस्!
कमेन्ट गर्नुहोस्