- नेपालीको प्रतिव्यक्ति आय १,३८१ डलर, नेपालीको आय यो वर्ष १०.८ प्रतिशतले बढ्ने अनुमान, यसअघि १,२४६ डलर रहेको (नेपाली रूपैयाँमा १ लाख ६४ हजार ५२१ पुग्ने)
- आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रूपैयाँ रहने अनुमान, जसमा बागमती प्रदेशको अंश सबभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबभन्दा कम ४.१ प्रतिशत रहने । प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर प्रदेश १ मा ५.४१ प्रतिशत, मधेस प्रदेशमा ४.८२, बागमती प्रदेशमा ६.७४, गण्डकी प्रदेशमा ६.१७, लुम्बिनी प्रदेशमा ५.३६, कर्णाली प्रदेशमा ५.४७ र सुदूरपश्चिम प्रदेशमा ४.९२ प्रतिशत हुने अनुमान ।
- चालु आर्थिक वर्षमा ५.८४% आर्थिक वृद्वि हुने प्रक्षेपण, कृषितर्फ २.३ प्रतिशत, उद्योग क्षेत्रमा ८.१ र सेवामा ६.६ प्रतिशत वृद्धि हुने अनुमान; कृषि, उद्योग र सेवा क्षेत्रको GDP मा योगदान क्रमशः २३.९%, १४.३% र ६१.८% रहने ।
- यस आ.व.को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फिति ५.४ प्रतिशत ।
- अर्थतन्त्रमा उपभोगको हिस्सा ९०.७ प्रतिशत बराबर ।
- नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको, हरेक नेपालीको थाप्लोमा ६३ हजार ३१० रुपैयाँ ऋण, फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको
- हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरू २२ वटा नाफामा, १९ वटा घाटामा, सार्वजनिक संस्थानहरूको खुद नाफा र सरकारले पाउने लाभांश दुवै घट्यो
थप विवरणका लागि आर्थिक सर्वेक्षण हेर्नुहोस्
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्