सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा सो बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटः १७ खर्ब ९३ अर्ब ८३ करोड
आर्थिक वृद्विदर लक्ष्यः ८ प्रतिशत
मुद्रास्फीति (मूल्य वृद्विदर): ७ प्रतिशत सीमित राख्ने लक्ष्य
विनियोजनको अवस्था
- संघले खर्च गर्ने चालुतर्फः ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कूल बजेटको ४२% (तल्लो सरकारलार्इ जाने रकम नजोडिएको)
- पूँजीगततर्फः ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् कूल बजेटको २१.२%
- वित्तीय व्यवस्थापतर्फः २ खर्ब ३० अर्ब २२ करोड अर्थात् कूल बजेटको १२.८%
- प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फः ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४%
- बजेटको आकार कूल ग्राहस्थ उत्पादन (GDP को नयाँ अंक) को ३७ प्रतिशत हाराहारी रहेको ।
- राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सिलिङभन्दा ४७ अर्ब बढी
खर्च व्यहोर्ने स्रोत
- राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड
- वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड
- बजेट घाटाः ४ खर्ब ९८ अर्ब २६ करोड न्यून (अपुग हुने रकम GDP को १०% भन्दा बढी)
घाटा पूर्ति गरिने स्रोतहरू
- वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड
- आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब स्रोत व्यवस्थापन गरिने ।
बजेटका प्राथमिकताहरू
- कृषि क्षेत्रको रूपान्तरण
- सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्वि, रोजगारी सिर्जजना र गरिबी निवारण
- नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास
- मानव संशाधन विकास
- पूर्वाधार विकास र पूँजी निर्माण
- जलविद्युत उत्पादन, प्रसारण लाइन विस्ता र ग्रामीण विद्युतीकरण,
- औद्योगिक विकास, लगानी प्रवर्द्धन र पर्यटन क्षेत्रको पुनरूत्थान,
- वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकण
- प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन तथा आवधिक निर्वाचन,
- वैज्ञानिक अनुसन्धान र विकास
बजेटका केही महत्वपूर्ण व्यवस्थाहरू
- कर्मचारीको तलब १५ प्रतिशत वृद्वि, खाइपाई आएको महँगी भत्ता कायमै
- वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम, ६८ वर्षमाथिका वृद्धवृद्धाको संख्या १८ लाख २७ हजार, राज्यलार्इ २० अर्ब भार थपिने, वृद्धभत्ता मासिक ४ हजार रूपैयाँ
- सार्वजनिक निकायले विद्युतीय सवारीसाधन खरिद गर्नुपर्ने
- सरकारले आगामी वर्ष सरकारी कार्यालयका थप सवारी सधान खरिद नगर्ने, चालु खर्च १५ प्रतिशत घटाउने लक्ष्य
- उपभोक्तालाई राहत दिन तत्काललाई प्रतिलिटर १० रूपैयाँ कर वा शुल्कमा छुट दिएर पेट्रोलियम पदार्थको मूल्य घटाइने,
- व्यक्तिगत आयकरको सीमा बढाइयो, वार्षिक ५ लाखसम्म कमाउने व्यक्ति र दम्पत्तिका लागि ६ लाख रूपैयाँसम्मको आम्दानीमा कर नलाग्ने, बीमा प्रिमियममा खर्च हुने ४० हजारसम्मको आम्दानी पनि करकट्टी हुने, हाल व्यक्तिलाई वार्षिक ४ लाखसम्मको आम्दानीमा र दम्पत्तिलाई वार्षिक ४ लाख ५० हजारसम्मको आम्दानीमा एक प्रतिशत आयकर लाग्ने व्यवस्था ।
- सरकारी अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क पाइने, मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार दिइने, यो कार्यक्रमका लागि १ अर्ब ५० करोड रूपैयाँ विनियोजन
- २५ जिल्लाहरूमा सुत्केरीलाई पोषण भत्तास्वरूप ५ हजार रूपैयाँ उपलब्ध गराइने
- प्रत्येक परिवारलाई एउटा बिजुली चुलो अनुदानमा दिने घोषणा, सर्वसाधारणले आफ्नो गाउँपालिका, नगरपालिका वा महानगरपालिकाका माध्यमबाट अनुदानको बिजुली चुलो प्राप्त गर्न सक्ने, तीन महिनाभित्र महानगर र उपमहानगरका सरकारी कार्यालय र निवासमा ग्यास सिलिन्डर प्रयोग निरूत्साहित गरिने ।
- आगामी वर्ष ६५५ वटा अस्पताल बनाइसक्ने गरी १० अर्ब रूपैयाँ बजेट विनियोजन
- धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइने,
- स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने घोषणा
- २० युनिटसम्म विद्युत् निःशुल्क, ग्यासमा अनुदान कटौती गर्दै लैजाने, खाना पकाउन बिजुलीमा अनुदान दिइने
- दुई वर्षभित्र देशभर सबै घरमा विद्युत् पुर्याइने
- प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपूरक, समानीकरण र विशेष अनुदान अन्तर्गत ४ खर्ब ४२ अर्ब बजेट विनियोजन
- विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने, वैदेशिक लगानी आकर्षित गर्न विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट सीमा दुई करोड रूपैयाँमा झारियो ।
- वैदेशिक रोजागर तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा, कोषमा अहिल औपचारिक क्षेत्रका १७ हजार ९८ रोजगारदाता र तीन लाख ३५ हजार ७३६ श्रमिकहरु सूचीकृत रहेका
- प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट विनियोजन, प्रत्येक वर्ष दुई लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिइने
- वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई सहुलियत ऋण दिन १३ अर्ब ५९ करोड बजेट विनियोजन
- निर्माण व्यवसायीका लागि विदेशमा निर्माण व्यवसाय गर्न पाउने व्यवस्था गर्न कानून बनाइने
- शहरी गरिबलाई आधारभूत सुविधा सहितको अपार्टमेन्ट निर्माण गरिने
- सहकारीका लगानीको कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिने, सहकारीलाई चुक्ता पुँजीको ५ प्रतिशत अनुदान दिइने
- नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने
- दिवा खाजा कार्यक्रम विस्तार, सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा दिने व्यवस्था हुने
- निर्यात सम्भावना उच्च भएका वस्तुहरूलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा, स्टिल, सिमेन्ट, क्लिंकर, फुटवेयर, प्रशोधित पिउने पानी ताथ सूचना प्रविधिमा आधारित सेवा तथा निर्यातले सुबिधा पाउने
- नयाँ सुख्खा बन्दरगाह बन्ने, रेलवे र मेट्रो रेलका लागि ६ अर्ब बजेट विनियोजन
- औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ७९ करोड विनियोजन, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने
- मदन भण्डारी, हुलाकी, पुष्पलाल राजमार्गलाई बजेट, ८ सय किलोमिटर सडक विस्तार गर्ने तथा २५७ किलोमिटर सडक स्तरोन्नती गर्ने योजना
- मध्य-पहाडी राजमार्गमा पर्ने १० वटा नयाँ सहर आयोजना निर्माणका लागि ३ अर्ब १० करोड बजेट विनियोजन, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम, कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा नयाँ सहर पर्ने
- काठमाडौंको कंलकी–नारायणगोपाल चोक चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रूपैयाँ बजेट विनियोजन ।
- विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गरिने, काठमाडौंमा सुरुङमार्ग बनाउन १ अर्ब १९ करोड, नागढुंगा सुरुङमार्गलाई ५ करोड
- १०६१ मेघावाटको माथिल्लो अरुण र ६३५ मेघावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको लागि बजेट
- दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने
- काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने
- सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाँच लाखसम्म खर्च गर्न पाउने
- स्वास्थ्य बीमा कार्यक्रमलाई साढे ७ अर्ब बजेट, अब बीमा कम्पनीमार्फत सञ्चालन हुने
- एक अर्बभन्दा बढी पुँजी भएको कम्पनीले सार्वजनिक निष्कासन गर्नुपर्ने
- ‘एक घर-एक रोजगारी’ को माध्यमबाट एक हजार नयाँ उद्योग थप्ने सरकारको योजना
- उपत्यकाबाहिर विभिन्न पाँच स्थानमा ट्रमा सेन्टर बनाइने...
बजेट वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छः
आर्थिक विधेयक
विनियोजन विधेयक
प्रदेशगत बजेटको तथ्याङ्क

प्रकाशन मितिः २०७९ जेठ १५ गते
अद्यावधिक मितिः २०७९ असार २ गते
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्