- मानव मष्तिष्कले शरीरको २०% अक्सिजन र रगत प्रयोग गर्दछ भने मष्तिष्कले शरीरको कूल तौलको २% ओगट्छ ।
- ५ देखि १० सेकेण्ड अक्सिजन पुगेन भने मान्छेको मष्तिष्क नफर्किने गरी मर्नसक्छ ।
- द्रुत गतिमा विकास भइरहेको मष्तिष्कलार्इ धान्न केटाकेटीको टाउकोको आकार शरीरको तुलनामा ठूलो हुन्छ । एउटा वयष्क मान्छेको मष्तिष्कको ८० प्रतिशतजति २ वर्षको बच्चाको मष्तिष्क हुन्छ ।
- हाम्रो मष्तिष्क ७३% पानी हो । यसले ध्यान, स्मृति र अन्य संज्ञानात्मक कौशलताको लागि २% मात्र निर्जलीकरण व्यवस्थापन हुन्छ ।
- शरीरको २५% कोलेष्ट्रोल दिमागमा रहन्छ पर्याप्त कोलेष्ट्रोल बिना दिमागका कोषहरू मर्दछन् ।
- जागा भएको अवस्थामा मानव मष्तिष्कले १२ देखि २५ 'वाट' विद्युत निकालिरहेको हुन्छ जुनy सानो चिमलार्इ निरन्तर बाल्ने क्षमताको विद्युत हो ।
- कसैले पनि तथ्य पत्ता लगाइनसके पनि पछिल्लो अध्ययनको अनुमानअनुसार हाम्रो दिमागमा ८६ अर्ब न्यूरोनहरू रहेका हुन्छन् ।
- औसत दिमागले दैनिक ५० हजार बिचारहरू उत्पादन गर्छ र त्योमध्ये ७० प्रतिशत नकारात्मक हुन्छन् ।
- प्रत्येक सेकेण्डमा दिमागमा १ लाखभन्दा बढी रसायनिक प्रतिक्रिया हुन्छ ।
- १ एमपिएचमा (माइल्स पर हावर) मष्तिष्कमा सूचना जतासुकै पुग्दछ र यो गति २६८ माइल प्रतिघन्टाको हुनसक्दछ ।
- ४० वर्षको उत्तरार्द्धसम्म पनि दिमागको विकास जारी नै रहन्छ । प्रत्येक चोटि स्मृति गर्दा दिमागमा नयाँ जडान बन्ने गर्दछ ।
- एउटा यस्तो भाइरस हुन्छ जसले डिएनएमा आक्रमण गरी मान्छेलार्इ कम बुद्धिमान, दिमागको क्षमता एवम् सिकाइ र स्मृतिमा ह्रास गराउन सक्दछ ।
- मष्तिष्कको बारेमा अध्ययनबाट थाहा भएका कुराहरूभन्दा कैयौ गुणा बढी थाहा नभएका कुराहरू छन् ।
- मान्छेको दिमागको सम्झनसक्ने क्षमताको कुनै पनि सीमा हुँदैन । दैनिक हामी कति बिर्सन्छौं त्यो अनौठो छ तर सामान्यतया दिमागको भण्डारण क्षमता असीमित हुन्छ । North western University का psychology का प्राध्यापक पाउल रिबरले गरेको अनुमानित हिसाबअनुसार दिमागले २.५ पेटाबार्इट डाटा भण्डारण गर्न सक्छ जुन २५ लाख गिगाबाइट हो ।
- ब्रेन कोष एकै खालका हुँदैनन् । मष्तिष्कमा १० हजार विशिष्ट प्रकारका न्यूरोनहरू हुन्छन् ।
- मान्छेको दिमागमा १ अर्ब न्यूरोन (कोष नशा) हरू हुन्छन् । एउटा न्यूरोनको दशौं हजार वटा अरू न्यूरोनसँग स्म्पर्क हुन्छ जसमा १० खर्ब बढी जडान हुन्छन् । तिनै न्यूरोनको सम्पर्क र संयोजनमा एकैचोटि धेरै कुरो सम्झन सकिने अवस्था हुन्छ । प्रोफेसर पाउलका अनुसार यसको भण्डारण क्षमता २.५ पेटाबाइट नजिक हुन्छ । यति धेरै क्षमता हुँदाहुँदै पनि हामीले बिर्सिने गर्दछौ । यसमा प्राकृतिक नियम लागू हुन्छ । तर नियमित रूपमा अभ्यास गरे सूचना पुनरावृत्ति अत्यन्तै सहज तरिकाले गर्न सक्छौ ।
- बालुवाको कणजत्रो दिमागको एउटा तन्तुमा १ लाख न्यूरोनहरू हुन्छन् भने १ अर्ब बढी जडानहरूले एक–अर्कामा सूचना आदानप्रदान गरिरहेका हुन्छन् ।
- अध्ययनहरूले के देखाएका छन् भने दिमागको दीर्घकालीन भण्डारण क्षमता असीमित भए पनि अल्पकालीन भण्डारण क्षमता भने कम हुन्छ । हामीले एक समयमा ५ देखि ९ टुक्रा सूचनामात्र सम्झन सक्छौं ।केही समय बिर्सेर यसलाई पुनः सम्झना गर्ने प्रयास गर्यो भने सम्झने बढी सम्भावना बनाउँछ ।
- मष्तिष्कमा स्मृति सञ्चय कुनै पनि एक ठाउँमा नभर्इ छरपष्ट अवस्थामा भएको हुन्छ । कसरी सम्झनाहरू भण्डारण हुन्छ भन्ने कुरा भावनात्मक तिब्रतामा फरक पर्दछ।
मष्तिष्कको आकार
- शरीरको आकारको आधारमा मान्छेको मष्तिष्क ढाड भएका प्राणीमध्येकै ठूलो हो जसको आकार १.५ किलोग्राम हुन्छ । तर मान्छेको मष्तिष्कभन्दा ठूलो Sperm Whales को १७ पाउण्डको दिमाग हुन्छ ।
- सामान्यतया केटा मान्छेको मष्तिष्क केटी मान्छेको (शरीरको तौलसँग सम्बन्ध हुँदैन) भन्दा १०% बढी हुन्छ।
- सबैले प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइनस्टाइनको मष्तिष्कको तौल धेरै थियो भन्ने गर्दछन् तर उनको मष्तिष्कको तौल २.७१ पाउण्ड अर्थात् १२ सय ३० ग्राममात्र थियो । यो मान्छेको औसत मष्तिष्कको तौल ३ पाउण्ड अर्थात् १४ सय ग्रामभन्दा १०% ले कम हो । तर उनको न्यूरोनको घनत्व भने औसत मष्तिष्कभन्दा बढी रहेको पाइएको छ ।
- अल्वर्ट आइनस्टाइनको शव परीक्षण गर्ने प्याथोलोजिष्ट थोमस हार्वेले उनको दिमाग चोरेर ४० वर्षसम्म जारमा राखेका थिए ।
- नियाण्डरताल (Neanderthal) मष्तिष्क होमोस्यापिन्स (homo sapiens) प्रजातिकोभन्दा १०% ठूलो पाइएको छ ।
जीवनशैलीले दिमागमा परिवर्तन ल्याउँछ?
- हाम्रो दिमाग सानो भइरहेको प्रमाण पाइएको छ । विगत १० देखि २० हजार वर्षमा मानव मष्तिष्कको आकार टेनिस बलबराबरले खुम्चिएको पाइएको छ ।
- हाम्रो चलाखी (Smartness) पनि घटेको छ । Victorian era देखि यता औसत आइक्यू IQ) क्षमता प्रतिदशक १.६ विन्दुले घटेर कूल १३.३५ विन्दुले न्यून भइसकेको छ।
- एकभन्दा धेरै काम गर्दा दिमागको उत्पादकत्व कम हुने देखिएको छ । यसो गर्दा दिमागका विकल्पमा तीब्र स्वीच गर्नुपर्ने भएकोले ध्यान, सिकार्इ, क्षमता र अल्पकालीन स्मृतिमा ह्रास ल्याउने अध्ययनहरूले देखाउँछन् ।
- आश्चर्यजनक कुरो त यो छ कि १८ देखि ३४ वर्षका मानिसले बच्चाकोभन्दा बढी बिर्सन्छन् । आज कति गते हो, साँचो कहाँ राखेँजस्ता कुराहरू समेत बिर्सन्छन् जुन कुरा उनीहरूका अभिभावकले बढी स्मृति गर्दछन् ।
- अल्कोहलले दिमाग मार्दैन तर जडान तन्तुहरूमा क्षति पुर्याउने गर्दछ । अल्कोहल सेवन गर्दाको अवस्थाको स्मृति हराउनु बिर्सेर होइन पिएको बेला दिमागले स्मृति नै नबनाएर (incapable of forming memories) हो । सूर्तीमा हुने निकोटिन दिमागमा पुग्न ७ सेकेन्डमात्रै समय काफी छ भने अल्कोहलको असर ६ मिनेटमा दिमागमा पुग्न सक्छ ।
- दिमागमा रहने १४० प्रकारभन्दा बढी प्रोटिन तत्वमा मोबाइल फोनलगायत अन्य विद्युतीय उपकरणले निकाल्ने इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सीले नकारात्मक असर पुर्याउने गर्दछ ।
- टाउकोमा मात्र दिमाग हुँदैन दिमागलार्इ नियन्त्रण गर्नसक्ने खुबीको दोस्रो दिमाग त आन्द्रा हो जहाँ एक लाख न्यूरोनहरू हुन्छन र त्यहाँ भित्तामा हुने सकारात्मक व्याक्टेरियाले ३० प्रकारका न्यूरोट्रान्समिटर उत्पादन गर्दछन् जसमा सेरोटोनिनजस्ता खुशीका अणुहरूलगायत पनि पर्दछन् ।
- दिमागका रक्तनललीहरूको संख्या जोड्दा १० हजार माइल हुन्छ भन्ने पाइए पनि अध्ययनहरूले ४ सय मार्इलसम्म हुने देखाएका छन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्