- मान्छेको मुटु एक पाउण्डभन्दा सानो हुन्छ । तथापि महिलाको तुलनामा पुरूषको मुटु २ अउन्सले बढी हुन्छ ।
- मुटु एक दिनमा एक लाख चोटि धडकिन्छ । ७० वर्षको अवधि हिसाव गर्ने हो भने मुटु साँढे २ अर्ब पटक धड्किन्छ । यसको धड्कने जीवन क्षमता ३.५ अर्ब पटकसम्म हुनसक्छ ।
- मुटुको धडकन दिमागद्वारा नियन्त्रित हुँदैन । यसले आफैं बिजुली आपूर्ति गर्छ । त्यसैले मुटुलार्इ शरीरबाट अलग गरियो भने पनि यसमा शक्ति र अक्सिजन रहुन्जेल धडकन छोड्दैन ।
- मुटुले एक दिनमा एउटा ट्रकलार्इ २० माइल (६० किलोमिटर) गुडाउनसक्ने क्षमताबराबरको शक्ति उत्पादन र खर्च गर्नसक्छ ।
- १० खर्ब कोषहरूले मुटुबाट नै रगत प्राप्त गर्छन् तर कोर्निया शरीरको त्यस्तो भाग हो जसले रगत लिँदैन ।
- शरीरले आराम गरेको अवस्थामा मुटुबाट फोक्सोमा रगत पुग्न र फर्किन ६ सेकेण्ड, दिमागमा पुगेर फर्किन ८ सेकेण्ड र खुट्टाको बूढीऔलासम्म पुगेर फर्किन १६ सेकेण्ड समय लाग्दछ ।
- मुटुको धडकनको आवाज भनेको धमनीहरूको खुल्ने र बन्द हुने ( atria and ventricles contract) कारण उत्पन्न भएको हो । एकचोटि फुक्न र खुम्चिन साधारणतया ०.८ सेकेण्ड लाग्ने गर्दछ ।
- एक मिनेटमा मुटुले झण्डै ६ लिटर (१.५ ग्यालन) र एक दिनमा ७६० लिटर हाराहारी रगत पम्प गर्छ । शरीरका रक्त सञ्चार प्रणालीमा रगत फैलन २० सेकेण्ड समय काफी छ ।
- बच्चा गर्भमा आएको चार हप्तादेखि नै मुटु चल्न सुरू हुन्छ र त्यसबखत धडकन १०५ देखि १२० सम्म हुन्छ ।
- हृदयको क्यान्सर धेरै दुर्लभ हो किनभने हृदयका कोशिकाहरू जीवनमा छिटो विभाजन गर्न रोक्छन्। पुरूषको तुलनामा महिलाहरूको मुटुको धडकन एक मिनेटमा ८ बिटभन्दा छिटो हुनसक्छ ।
- रक्त प्रवाहको लगभग २०% मृगौलामा जान्छ र त्यहाँबाट विशाक्त पदार्थ (Toxin) छानिएर पिसावमार्फत बाहिर निस्कन्छ । मृगौलाले दैनिक १९० लिटर हाराहारी (200 quarts) रगत फिल्टर गर्दछ ।
- रक्तनलीहरूको लम्बाई सबै जोड्दा ६० हजार माइल हुन्छ जुन विश्वलाई दुई फन्काभन्दा बढी बेर्न सकिने लम्बाई हो ।
- मुटुको लागि ठाउँ बनाउन मानिसको दाहिनेभन्दा देब्रे फोक्सोको आकार तुलनात्मक सानो हुन्छ ।
- हाम्रो मुटु एक समन्वित मेसिन (Coordinated machine) हो जसको दायाँ भागले फोक्सोतर्फ रगत पम्प गर्छ भने बायाँ भागले यसलार्इ शरीरसम्म फर्काउने काम गर्छ । (See: cardiac conduction system)
- मुटुको क्यान्सर एकदमै दूर्लभ हो । वर्षमा एक जना सम्मलाई भएको फेला परेको छ कारण रक्तकोशिकाहरू प्रारम्भिक रूपमा विभाजन हुँदैनन् ।
- स्तनपायीमध्ये सबैभन्दा ठूलो आकारको मुटु ह्वेल माछाको हुन्छ ।
- शोधकर्ताहरूका अनुसार एउटा बिरालो पाल्यो भने मालिकलाई हृदयघात र स्ट्रोक हुने समस्या एक तिहाइले घट्छ ।
- भर्खरै अध्ययनअनुसार बहुभिटामिनले (multivitamins) क्यान्सर र हृदय रोगको जोखिम बढाउँछ भने चक्लेट (Dark) को दैनिक सेवनले मुटु रोगको जोखिम एक तिहाइले घटाउँछ ।
- मुटु रोगबाट मृत्यु हुने जोखिम साहाकारीहरूमा २०% ले कमी हुने अध्ययनहरूले देखाएका छन् । ( See: Avery Johnson, Wall street journal)
- शोधकर्ताहरूले फेला पारेका छन् कि तपाईंको रक्त प्रकार (Blood group) ले तपाईंलाई हृदय रोगको विकासको उच्च जोखिममा राख्न सक्छ । अर्टोरिओक्लोक्लोरिस, थ्रोमबोसिस र भास्कुलल जीवविज्ञान पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार रक्त प्रकार AB भएका व्यक्तिहरूमा हृदय रोगको विकासको उच्च जोखिम हुन्छ । त्यसपछि B र A सक्तसमूह भएका व्यक्तिहरूलार्इ क्रमशः मुटु धेरै जोखिम हुन्छ भने सबैभन्दा कम जोखिम 'O' रक्त समूहलार्इ हुन्छ । रक्त प्रकार र हृदय रोगको बीचको सम्बन्धको कारण पूर्णतया बुझ्न नसकिएको भए पनि AB रक्तसमूह सूजनसँग (सुन्निने) सम्बन्धित भएको पाइएको छ भने A रक्त समूहले केही प्रकारको कोलेस्ट्रोलको स्तर बढाउने अध्ययनले देखाएको छ ।
- तपाईले राष्ट्रिय गीत बज्दा मुटु छाम्न आफ्नो हात छातिको बायाँपटि राख्ने गर्नुभएको होला । तर मुटु छातीको बाँयाँपट्टि नभएर दुई फोक्सोको बीचमा हुन्छ । मुटुको ढल्काई मात्र हल्का बायाँतर्फ हुने हो ।
- तपाई मुटु कमजोर या बिग्रन लागेको अवस्था जुत्ताको साइजले बताउन सक्छ । जब खुट्टा सुनिएर नियमित लगाउने जुत्ता सामान्यभन्दा कसिलो हुँदै गयो भने मुटु रोग आशंका गर्न सकिन्छ ।
- कुनै पनि अचानक भावुक घटनाले टूटेको हृदयमा बन्दुकको ट्रिगरजस्तै काम गर्नसक्छ, जसलाई तनाव-प्रेरित कार्डियोमोनोपी वा किशोट्सबियो कार्डियोमीपैथी पनि भनिन्छ ।
- ठूलो मुटु हुनु समस्या हो किनकि यसको सामान्यभन्दा पम्प गर्ने क्षमता राम्रो हुँदैन । मुटुमा समस्या आउनासाथ मृत्यु हुनसक्ने उच्च खतरा रहन्छ । रक्तचाप नियन्त्रण गर्न सकिएन भने पनि दीर्घकालमा मुटुको आकार बढेर जानसक्छ र हृदयघातको संभावना उच्च रहन सक्छ ।
- पहिलो प्रत्यारोपण पेसमेमेकर (विद्युत आपूर्ति गर्ने यन्त्र) लाई 1958 मा प्रयोग गरिएको थियो। Arne Larsson, जसले पेसमेमकर प्राप्त गरे उनी सर्जनभन्दा लामो समयसम्म बाँचेका थिए ।
- अमेरिकन पिग्मी सबैभन्दा सानो स्तनपाती हो, तर यसको मुटुको धड्कन सबैभन्दा तेज प्रतिमिनेट 1,200 बिट हुन्छ ।
- प्रायजसो हृदयघात सोमबार र क्रिसमस चाडमा हुने गरेको अध्ययनहरूको नतिजा छ ।
- मुटुको समस्या नियन्त्रण गर्ने तीनवटा उपायः सन्तुलित भोजन, व्यायाम र तनाव नियन्त्रण ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्