- आँखा मष्तिष्कपछिको दोस्रो जटिल अंग हो । आँखा २० लाख चालु रहने पूर्जाहरूबाट निर्माण भएको हुन्छ । आँखालाई नियन्त्रण गर्ने मांशपेशी शरीरका सबै मांसपेशीभन्दा चालु रहन्छ ।
- एक सेकेण्डमा पाँचचोटि आँखा झिम्काउन सम्भव छ । साधारणतया एक मिनेटमा १२ देखि १७ चोटि आँखा झिमझिम हुन्छ ।
- हामीले आँखाले देख्ने होइन मष्तिष्कले हो । आँखाले क्यामेराको जस्तो काम गर्छ जसले प्रकाशको माध्यमबाट मष्तिष्कमा डाटा पठाउँने गर्दछ । तर यो क्यामेराभन्दा धेरै छिटो हुन्छ ।
- आँखामा प्रवेश गरेको प्रकाश र सूचना बुझ्न दिमागलार्इ ०.२ सेकेन्डमात्र समय लाग्छ ।
- मान्छेको आँखाले १.७ माइल (२.७६) किलोमिटर टाढाको मैनवत्तीको ज्वाला भेउ पाउन सक्छ ।
- दृष्य क्षमता मान्छेको यस्तो अदभूत क्षमता हो कि जस्को लागिमात्र मष्तिष्कको आधाभन्दा बढी भाग सक्रिय हुनुपर्ने हुन्छ । आँखाले मष्तिष्कको ६५% क्षमता खपत गरिदिन्छ ।
- ८० प्रतिशत स्मृति र सिकाई हामीले आँखाबाट देख्ने कारण हुन्छ । आँखाले एक घन्टामा ३६ हजार बिट्स इन्फरमेशन प्रोसेस गर्न सक्छ ।
- १० हजार वर्ष पहिलेसम्म सबैको आँखा खैरो थियो । जेनेटिक म्यूटेसन पत्ता लागिसकेपछि आँखाको रंग निलो भएको हो ।
- विश्वमा सबैभन्दा साझा खैरो आँखा हो । आँखाको रङ्ग iris मा भएको मेलानिन तत्वको मात्राको आधारमा निर्धारण हुन्छ ।
- हरियो आँखा दुर्लभ नै हुन्छ । विश्वका २ प्रतिशत मान्छेको आँखाको रङ्ग हरियो भएको पाइएको छ ।
- मान्छेको आँखा डिजिटल क्यामेरा भएको भए कम्तीमा ५७६ मेगापिक्सेल क्षमताको हुनसक्थ्यो ।
- तपार्इले याद नगरेको हुनसक्छ, नवजात शिशु रूँदा आसु झर्दैन, बस उ कराउने र चिच्याउँनेमात्र गर्छ । रोएको बेला शिशुको आँखामा आसु देखिन ४ देखि १३ हप्ता लाग्न सक्छ ।
- सबै बच्चाहरू जन्मिँदा रंग छुट्याउन नसक्ने (color blind) हुन्छन् ।
- आँखा प्रत्यारोपण गर्न संसारले कोशिष गरिरहे पनि सफल हुन सकेको छैन । आँखालार्इ मष्तिष्कसँग जोड्ने अप्टिक नर्भ (एउटा आँखामा १० लाख बढी नर्भ) यति संवेदनशील र जटिल हुन्छ कि यसलार्इ सफलतापूर्वक पुनर्स्थापित गर्न प्राय असम्भवजस्तै हुन्छ ।
- आँखाका कोषहरू भिन्न प्रकारमा उपलब्ध हुन्छन् । Rod- shaped कोषहरू (100 million) ले बस्तुको आकार ठम्याउने अनुमति दिन्छ भने Cone-shaped (7 million) कोषहरूले रंग पहिचान गर्न मद्दत गर्छ ।
- कोही मान्छे दुर्इ फरक रंगका आँखा लिएर जन्मिएको हुन्छ । यस्तो अवस्थालार्इ heterochromia भनिन्छ ।
- चोटपटक लाग्दा आँखाको निको हुने क्षमता यति छिटो हुन्छ कि कोर्नियामा भएको साधारण चोटपटकलार्इ ४८ घन्टाभित्र निको पार्न सक्दछ ।
- मान्छेको नाक र कान बढिरहेको हुन्छ तर आँखाको कोर्निया (केन्द्र भाग) जन्मेदेखि मुत्यसम्म एकै आकारको रहन्छ ।कोर्नियामात्र यस्तो तन्तु हो जसमा रक्तप्रवाह नै हुँदैन ।
- एक फिङ्गर प्रिन्टमा ४० भिन्न विशेषताहरू हुन्छन् तर आँखाको एकिसिस (iris) मा २५६ वटा । त्यसैले सुरक्षाको प्रयोजनको लागि रेटिना स्क्यान गरिन्छ ।
- विश्वमा ४ करोड हाराहारी मान्छे दृष्टिविहीन छन् ।
- यदि कोही जन्मिँदै दृष्टिविहीन छैन र पछि दृष्य गुमाएको भए उसले सपना देख्न सक्छ ।
- ट्वान्टी बार्इ ट्वान्टी (20x20( भिजनको अर्थ दृष्यशक्तिको सामान्य अवस्था भन्ने हो । यसले मान्छेको नाङ्गो आँखाले २० फिटसम्म देख्न सक्छ भन्ने अर्थ लगाउँछ ।
- बेलायतमा वयस्कहरूमा दृष्टिविहीनको मुख्य कारण मधुमेह देखिएको छ ।
- आँखा खुल्ला राखेर हाच्छ्यूँ गर्न प्रायः असम्भव छ ।
- मान्छेको आँखा RGB format को हो । यसले रातो (after converting) हरियो र कालोमात्र देख्न सक्दछ । बाँकी रंग यसैको मिसावटबाट बन्ने हुन् । मान्छेको आँखासँग १ करोड छुट्टाछुट्टै रंग छुट्याउने क्षमता हुन्छ ।
- आफूले माया गरेको मान्छेलार्इ हेर्दा आँखाको नानी ४५% सम्म बिस्तार/ठूलो हुनसक्छ ।
- केही महिलाहरुमा आनुवंशिक उत्परिवर्तन हुनसक्छ जसले तिनीहरूलाई थप लाखौं रङहरू देख्न सक्ने क्षमता प्रदान गर्दछ ।
- color blindness (रङ्ग छुट्याउन नसक्ने अवस्था) पुरूषहरूमा धेरै हुन्छ । १२ जना पुरूषमध्ये १ मा color blind हुने अध्ययनहरूले पुष्टि गरेका छन् ।
- आखिभौं आँखामा पसिना पस्नबाट जोगाउन बनेको हो ।
- प्रत्येक परेलाको आयु ५ महिनाको हुन्छ भने आखिभौं प्रत्येक ६४ दिनमा नयाँ फेरिन्छ ।
- आँखाको डरको रोगलार्इ Ommatophobia भनिन्छ ।
- चम्किलो प्रकाशमा परावैजनी किरण (UV Rays) बाट आँखा बचाउन जहिले सन ग्लास र ह्याट लगाउनुपर्छ ।
यस्ता अनौठा जनावर - अष्ट्रिचको आँखा उसको मष्तिष्कभन्दा ठूलो हुन्छ ।
- कुकरले रातो र हरियो रङ छुट्याउन सक्दैन ।
- डल्फिन एउटा आँखा खुलै राखेर सुत्छ ।
- Geckos प्रजातिले मन्द प्रकाशमा पनि मान्छेको भन्दा ३५० गुणा राम्रोसँग रंग हेर्न र छुट्याउन सक्दछ ।
- पुतलीका ४ वटा आँखा हुन्छन्, माहुरीका पाँचवटा आँखा हुन्छन्, धेरै प्रजातिका माकुराका ८ वटा आँखा हुन्छन् भने बिच्छी र झुसिल्किराका १२ वटा र बक्स जेलिफिसका २४ वटा आँखा हुनसक्छन् । स्कालोप माछाका वरिपरी १०० वटा आँखा हुन्छन् ।
- ड्रयागनफ्लाइका आँखामा ३० हजार लेन्स हुन्छन् ।
- उल्लुको आँखाको गेडी घुम्दैन । यसले दायाँबायाँ हेर्न मुन्टो नै बटार्नुपर्छ ।
मात्र यस्तो चरा हो जसले निलो रङ देख्न सक्छ । - जुकाको आँखा हुँदैन ।
- सबैभन्दा तेजिलो आँखा हुनेः चिल, बाज ।
- राति राम्रो भिजन हुनेः उल्लू
- पानीमुनि सबैभन्दा राम्रो भिजन हुनेः सार्क
- बेष्ट थर्मल भिजनः सर्प
- स्तनधारीमा सबैभन्दा राम्रो नाइट भिजन हुनेः बिरालो
- बेष्ट मोसन डिटेक्टरः किराहरू
- पूरा ३६० डिग्री नै भिजन भएको (मुन्टो सिधा पारेरै सबैतिर हेर्नसक्ने): Chameleon, dragonfly लगायत ।
- राम्रो र राति भिजन भएको र तेर्सो नानी भएकोः Goat (230-340०) आदि
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको देखिएन । तपाईं नै पहिलो प्रतिक्रिया दिनुहोस् ! 😊
प्रतिक्रिया दिनुहोस्